जनता टाइम्स

३० पुष २०७८, शुक्रबार १७:४५

ह्वात्तै बढ्यो कोरोनाको ग्राफ, २४ घण्टामा ५०८७ जनामा संक्रमण पुष्टि, तीन जनाको मृत्यू


काठमाडौं, पुस ३० । पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।