जनता टाइम्स

३० पुष २०७८, शुक्रबार १९:०३

प्रदर्शनीमार्गमा देउवाको पुत्लादहन


काठमाडौं, पुस ३० । लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको छ । अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।आज राजधानीको प्रदर्शनीमार्गमा अनेरास्ववियूले विरोध प्रदर्शनपछि पुत्ला दहन गरेको हो ।