जनता टाइम्स

३० पुष २०७८, शुक्रबार २०:०३

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली कांग्रेस


काठमाडौं, पुस ३० । नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ ।

सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज वक्तव्य निकालेर ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको हो ।