जनता टाइम्स

१ माघ २०७८, शनिबार १७:५३

२४ घण्टामा थपिए ४ हजार ६३६ कोरोना संक्रमित, ४ जनाको मृत्यु


काठमाडौं, माघ १ । नेपालमा ४ हजार ६३६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ५५६ आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ४ हजार ६३६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

१० हजार ४१२ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४१२ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ मा कोरोना पुष्टि भएको हो । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् भने ३५० जना निको भएका छन् ।

त्यसैगरी ४ लाख ३५ हजार १९३ जनाले विगत २४ घण्टामा खोप लगाएको मन्त्रालयले जनाएको छ ।