जनता टाइम्स

३ माघ २०७८, सोमबार १४:५५

पोखरा बैठकमा सहभागी युवा संघका अधिकांश नेतामा कोरोना, इञ्चार्ज महेश बस्नेत पनि संक्रमित


काठमाडौं, माघ ३ । महाधिवेशन आयोजक समिति बनाउने पोखरा बैठकमा सहभागी भएका राष्ट्रिय युवा संघ नेपालका अधिकांश नेतामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सम्पन्न सचिवालय बैठकमा सहभागी एमाले पोलिटब्यूरो सदस्य एवं युवा संघ इञ्चार्ज महेश बस्नेत, संयोजक किरण पौडेल, सहसंयोजक सञ्जीव झासहितका पदाधिकारीमा संक्रमण पुष्टि भएको हो ।

पोखराबाट फर्किएलगत्तै गरिएको पिसिआर परीक्षणमा इञ्चार्ज बस्नेत, संयोजक पौडेलसहित पदाधिकारीमा संक्रमण पुष्टि भएको युवा संघका प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताउनु भयो । यस्तै पूर्वमहासचिव रमेश आचार्य पनि संक्रमित हुनुभएको छ ।

यसैगरी पूर्वअध्यक्ष राजीव पहारी, नेतृ अञ्जना अधिकारी, पुष्प श्रेष्ठ, बाबु छत्कुली, सामजी सापकोटा, अभिशेक तिवारी, दिनेश थापा, सुमन पुरीलगायतका नेताहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरु सवै होम आइसोलेशनमा रहनुभएको प्रचार बिभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।