जनता टाइम्स

३ माघ २०७८, सोमबार १९:००

प्रेस चौतारी नेपालको सवै अधिवेशन स्थगित, यस्तो छ कारण


काठमाडौं, माघ ३ । प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जनाउनु भएको छ । अध्यक्ष बस्नेतले आज बिज्ञप्ती जारी गर्दै पोखरामा यही माद्द २२ र २३ गतेका लागि तोकिएको नवौं राष्ट्रिय महाधिवेशनसहित पूर्वनिर्धारित सवै प्रदेश र जिल्ला अधिवेशन स्थगित गरिएको जनाउनु भएको छ ।

‘कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ । पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ,’ अध्यक्ष बस्नेले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ बिज्ञप्ती

मिति : २०७८ माघ ३

प्रेस बिज्ञप्ती
हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन २०७८ माघ २२–२३ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको सवैमा बिदितै छ । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी हामी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना संक्रमण निकै बढदै गइरहेको छ । जस्ले गर्दा महाधिवेशनको तयारीमा समेत गम्भीर असर परेको छ । कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ ।

पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । संगठनका सवै साथीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो पेशागत काम गर्न र सवै कमिटीहरुलाई दैनिक गतिबिधि अघि बढाउन पनि आग्रह गर्दछु ।

गणेश बस्नेत
अध्यक्ष