जनता टाइम्स

३ माघ २०७८, सोमबार २०:४५

प्रेम आलेको शैली प्रजातान्त्रिक मर्यादा विपरित लालआतंक : डा. सुरेन्द्र केसी


काठमाडौ, माघ ३ । राजनीतिक विश्लेषक प्रा.डा। सुरेन्द्र केसीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मूलुकमा लाल आतंक मच्चाउन खोजेको बताउनुभएको छ ।

पत्रकार ऋषि धमलासँग टेलिभिजनमा अन्तवार्ताको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थर्काउनु गलत हुने बताउनुभयो । उहाँले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिडिया, बौद्धिकहरुलाई विभाजित गरेर उद्यमीहरुमाथि लालआतंक मच्चाउने काम गरिनु गलत भएको दावी गर्नुभयो ।

उहाँले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति आफू सहमत नभएको स्पष्ट पार्नुभयो। उ्हाँले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्री ओलको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्री पद अनुकुलको नभएको जिकिर समेत गर्नुभयो ।