जनता टाइम्स

५ माघ २०७८, बुधबार १०:१८

नायिका श्वेता खड्कालाई कोरोना संक्रमण


काठमाडौं, माघ ५ । नायिका श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । उहाँले मंगबालर सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, म कोरोना संक्रमित भएँ । निको भएर चाँडै काममा फर्केनेछु। सबैजना सुरक्षित रहनुहोला ।