काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो ।
वृद्धि भएको मूल्य अनुसार पेट्रोल अब १३९ रुपैयाँ र डिजेलरमटितेल १२२ रुपैयाँ पुगेको छ । यस्तै, आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा भने पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्