काठमाडौं, ६ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले हार्ने पार्टी नै नभएको स्पष्ट पार्नुभएको छ । उहाँले एमालेले हार्दापनि जित्ने र जित्दा त यसै जित्ने नै टिप्पणी गर्नुभयो ।
पत्रकार ऋषि धमलासँग टेलिभिजन अन्र्तवार्ताका क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले आफूहरु चुनावको लागि हतारिनुको कारण भनेको लोकतन्त्र तलमाथि नपरोस भन्ने नै रहेको जिकिर गर्नुभयो ।उहाँले आफूहरु संविधान र कानूनलाई उल्लंघन गर्ने पक्षमा नरहेको जिकिर गर्दै तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सत्ता गठबन्धनले चुनाव हार्ने पनि दाबी समेत गर्नुभयो ।सरकारले सही तवरले काम गर्न नसकेको उहाँको आरोप छ । उहाँले जनताले यो सरकारको चालामाला बुझिसकेको बताउनुभयो । उहाँले अबको चुनावमा जनताले हिसाबकिताब गर्ने समेत उहाँले दावी गर्नुभयो । उहाँले अहिलेको सत्तारुढ गठबन्धनले आफूअनुकुल कुरा गरिरहेको समेत बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्