जनता टाइम्स

६ माघ २०७८, बिहीबार १३:५२

यसकारण आज बोलाइएको सत्तारुढ गठबन्धनको बैठक स्थगित


काठमाडौ, ६ माघ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भन्नुभयो । उहाँका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।