जनता टाइम्स

६ माघ २०७८, बिहीबार १८:१०

काठमाडौं उपत्यका एकैदिन थपिए ६,८९१ संक्रमित


काठमाडौं, माघ ६ ।काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।