जनता टाइम्स

७ माघ २०७८, शुक्रबार ०८:२४

प्रचण्ड दक्षिणपन्थी विसर्जनबादको अन्तिम खुड्केलोमा छन् : बास्कोटा


काठमाडौँ, माघ ७ । ​नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र नं। २ का सघीय सांसद गोकुल वास्कोटाले प्रचण्ड दक्षिणपन्थी विसर्जनबादको अन्तिम खुड्केलोमा रहेको बताउनुभएको छ ।उहाँले उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा प्रचण्ड पुगेको बताउनुभएको हो ।

शुक्रबार सामाजिक सञ्जाल मार्फत बास्कोटाले संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा प्रचण्ड पुगेको बताउनुभयो ।

उहाँले जनतामा हैन विदेशीमा भर,सिद्दान्त र संगठनमा होईन गठबन्धन र षडयन्त्रमा जोड गरेको बताउनुभएको छ । उहाँले यस्तो भएपछि हरेक बुलेटे ब्यालेटसंग भाग्छ।सुन्यतामा शक्ती आर्जनको सपना नदेख्न आग्रह गर्नुभएको छ ।