जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १९:३४

पत्रकारको मृत्यबारे छानविन गर्न सिभिल अस्पताल पुग्यो प्रेस काउन्सिलको टोली


काठमाडौं, माघ ७ । पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ ।

अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु पर्ने बताउनु भयो ।

काउन्सिलका सदस्य ठाकुर बेल्वासेले अस्पताल प्रशासनसँगको छलफलमा आफूहरूले दोषीमाथि कडा कारबाहीको माग गरेको बताउनु भयो। उहाँले राजधानीमै अस्पताल पुगेका पत्रकारले उपचार नपाएर ज्यान गुमाउनु दुखद भएको बताएका छन् ।