जनता टाइम्स

७ माघ २०७८, शुक्रबार २१:०४

काठमाडौं उपत्यकाका सबै संग्रहालय भोलिदेखि बन्द



काठमाडौं, माघ ७ । काठमाडौं उपत्यकामा रहेका सबै संग्रहालयहरु भोलिदेखि बन्द गरिने भएका छन् । उपत्यकाका तीन वटै (भक्तपुर, ललितपुर, काठमाडौं ) जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सबै संग्रहालयहरुले अनिश्चितकालका लागि बन्द गरिएको सूचना जारी गरेका छन् ।

काठमाण्डौ उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।