जनता टाइम्स

८ माघ २०७८, शनिबार १८:००

हैबुङमा ढुंगाले किचेर एक्स्काभेटर चालकको मृत्यु


काठमाडौं, ८ माघ । मेलम्ची नगरपालिका(३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय वसन्त गुरुङले बताउनुभयो ।

आज दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका–३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्स्काभेटर चालकलाई लागेको थियो । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजोमात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।