काठमाडौं, माघ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री हुँदा सांसदबाट पारित गरिएको चुच्चे नक्सा मधेस प्रदेश सरकारले प्रयोग नगरेको भेटिएको छ ।मधेस प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्र नेपालको चुच्चे नक्सा प्रयोग नगरी बुच्चे नक्सा प्रयोग गरेको भेटिएको हो ।
प्रदेश सभा सचिवालय मधेस प्रदेश जनकपुरधामले २०७८ माघ ३ गते निकालेको प्रदेश राजपत्रमा नेपालको आधिकारिक नक्सा प्रयोग नगरेको पाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र कर्मचारीको हेलचक्र्याइँका कारण नेपालको आधिकारिक चुच्चे नक्साको सट्टा पुरानो बुच्चे नक्सा प्रयोग गरिएको छ । प्रदेश सरकारको यो गम्भीर त्रुटि हो कि नियोजित रूपमा प्रयोग नगरेको भन्ने कुरा आम नागरिकको चासो को विषय बनेको छ ।













प्रतिक्रिया दिनुहोस्