जनता टाइम्स

८ माघ २०७८, शनिबार २१:३२

भारतद्वारा दशगजामा सुरक्षा पोष्ट खडा, परमादेशको सरकार मुकदर्शक


काठमाडौँ, माघ ८ । भारत सरकारको सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट बनाएको छ । विराटनगर महानगरपालिकाको सीमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा भारतीय सुरक्षा बलले पोस्ट बनाएको हो ।

भारतले एक महिना अघि विराटनगर महानगरपालिका–१६ दरैया र जोगवनीस्थित टिकुलियाको बीचमा पर्ने दशगजा क्षेत्र (नो मेन्स ल्याण्डं) मा आफ्नो सुरक्षा पोस्ट खडा गरेर एसएसबीको टोली तैनाथ गरेको छ ।

दुई देश बीचको सिमानामा कुनै पनि देशले कुनै पनि प्रकारको संरचना बनाउन वा गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानूनमा उल्लेख गरेको छ । तर भारतले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै दशगजा क्षेत्रमा सुरक्षा पोस्ट बनाएर नेपालको गतिविधि नियालिरहेको छ ।

संरचना तयार पारेर बसेका एसएसबीले त्यहाँका नेपाली नागरिकलाई चेकजाँच गर्ने, धम्क्याउने र दुर्व्यवहार गर्ने गरेको स्थानीयको भनाई छ । तर परमादेश बाट बनेको शेर बहादुर देउवा नेतृत्वको पाँच दलिय गठबन्धनको सरकार कानमा तेल हालेर बसेको स्थानियबासीको आरोप छ ।