काठमाडौं, माघ ९ । प्रधानमन्त्री शेरबहादुर को सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । कोभिड संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको हो। पत्रकार सम्मेलन स्थगित भएपनि अध्यक्ष ओलीले बक्तव्यमार्फत पार्टी धारणा सार्वजनिक गर्नुहुने उपप्रमुख रिजालले जानकारी दिनुभयो । एमाले अध्यक्ष ओलीले सरकारको कमजोरीलाई एक एक औल्याउँदै बिज्ञप्ती जारी गर्नुहुने छ ।













प्रतिक्रिया दिनुहोस्