काठमाडौं, १० माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मोहरा बनाएको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनले आइतवार बसेको बैठकबाट आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो आरोप लगाउनुभएको हो ।पोखरेलले देउवाकै कारण २०५८ साले प्रतिगमन भएको पोखरेलको जिकिर छ । देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिदिएका थिए।
त्यसपछि ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै देउवालाई बर्खास्दगी गरिएको थियो ।त्यही प्रसंगलाई लिएर महासचिव पोखरेलले देउवामाथि आक्रोश पोख्दै अहिले प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन्।
हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो, पोखरेलले लेख्नुभएको छ आज पुनः देउवालाई मोहरा बनाइँदैछ। हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।













प्रतिक्रिया दिनुहोस्