जनता टाइम्स

११ माघ २०७८, मंगलवार ०८:२९

एमाले नेता देवी ज्ञवालीलाई पितृ शोक


चितवन, माघ ११ । नेपाल कम्युनिष्ट पार्टी (एमालेका) पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक परेको छ । नेता ज्ञवालीका पिता बालकृष्ण ज्ञवालीको आज (मंगलबार) विहान २ः१५ बजे निधन भएको हो ।

चितवनको कम्युनिस्ट आन्दोलनका अभिभावक समेत रहनुभएका उहाँको १०१ बर्षको उमेरमा निधन भएको छ । उहाँ २०४३ सालमा जनपक्षिय साविक मंगलपुर ३ बाट गाउँ पन्चायतको वडा सदस्य उम्मेदवार बन्नुभएको थियो ।

उहाँले लामो समय व्रिटिश शैनिकमा रहेर सेवा प्रदान गर्नुभयो । पर्वतको बिहादी गाँउपालिकामा १९७८ साल भदौं ५ गते जन्मनुभएका स्वर्गिय बालकृष्ण २०३२ सालमा चितवनको भरतपुर ४ लक्ष्मिपुर बसाइसराई गरेर आउनुभएको थियो । उहाँका ३ छोरा २ छोरी हुुनुहुन्छ ।नेकपा एमालेका विभिन्न अभियानमा उहाँको सक्रिय सहभागिता रहेको थियो ।

पछिल्लो समय स्वासप्रश्वासको समस्याबाट पीडित उहाँको घरमै राखेर उपचार गरिएको थियो । स्वर्गीय बालकृष्ण ज्ञवालीको आज १२ बजे भरतपुर ४ स्थित शिवघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।