जनता टाइम्स

११ माघ २०७८, मंगलवार २१:३४

रूपन्देहीको जंगलमा महिलासँगै बालिकाको शव फेला


रूपन्देही, माघ ११ । रूपन्देहीको देवदहस्थित घोडाह जंगलमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत देवदह नगरपालिका वडा नं १० घोडाह जंगलको राजमार्ग किनारमा उत्तानो परेको अवस्थामा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलासँगै अन्दाजी सात÷आठ वर्षको बालिकाको पनि शव भेटिएको छ।यद्यपि उनीहरूको सम्बन्ध खुलिनसकेको प्रहरीले बताएको छ।सडकमा ओहोरदोहोर गर्ने यात्रुहरूले मृत महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।अन्दाजी २५ देखि ३० वर्षको जस्तो देखिने ती महिला तराई मूलकी हुनसक्ने अनुमान प्रहरीले लगाएको छ।रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनाबारे अनुसन्धान सुरू गरेको जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा कर्तव्य गरेर मारेको हुन सक्ने अनुमान प्रहरीको छ।