काठमाडौं, १२ माघ । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उहाँकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उहाँका छोरा हरिश गौतमले जानकारी दिनुभएको छ ।
‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्