जनता टाइम्स

१२ माघ २०७८, बुधबार १५:४५

डा. बाबुराम भट्टराईलाई कोरोना


काठमाडौं, १२ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदो कोरोना पोजेटिभ रिपोर्ट आएको डा. भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उहाँले बताउनुभयो । साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।