जनता टाइम्स

१२ माघ २०७८, बुधबार १६:४५

थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


काठमाडौं, माघ १२। पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।