जनता टाइम्स

१२ माघ २०७८, बुधबार १७:३०

प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी


विराटनगर, १२ माघ । राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बन्नुभएको हो ।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याउनुभएको छ भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गर्नुभएको थियो । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताउनुभयो ।