बिराटनगर, माघ १२ । राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट एमाले उम्मेद्वार बन्नुभएका गुरु बराल आफ्नै दल नेकपा एमालेको सांसदको मत नपाउँदा पराजीत हुनुपरेको छ ।
बरावर मत आउँदा गठबन्धनका उम्मेदवार गोपाल बस्नेत गोलाप्रथाबाट विजयी हुनुभएको छ भने बराल पराजीत हुनुपरेको छ निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।
बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याउनु भएको थियो । गोला तान्दा बस्नेत बिजयी हुनुभयो । प्रदेश १ का एमालेका दुई सांसदले बराललाई मत नदिँदा उहाँ पराजित हुनुभएको हो । यदी दुई मत पाएको भए बराल सहजै विजयी हुनुहुन्थ्यो । एमालेका ४० जना सांसदले मतदान गरेपनि बरालले ३८ मत प्राप्त गर्नुभयो ।
एमालेको एउटा मत राप्रपालाई गयो भने अर्को एक मत बदर भएको थियो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न आउनु भएन । उहाँ सरकारी कागजात किर्ते मुद्दामा फारर सूचीमा हुनुहुन्छ । न्यूज कारखाना














प्रतिक्रिया दिनुहोस्