जनता टाइम्स

१२ माघ २०७८, बुधबार १९:१४

कोरोनाले रोक्न सकेन ओलीको सक्रियता, कार्यक्रमस्थलमै पुगेर दिए रक्तदातालाई धन्यवाद (फोटो फिचर)


भक्तपुर, माघ १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निवासनजिकै आयोजित रक्तदान कार्यक्रममा पुगेर रक्तदातालाई धन्यवाद दिनुभएको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा ओली सतर्कतासहित पुग्नुभएको हो ।

उहाँसँगै पत्नी राधिका शाक्य पनि रक्तदानस्थल पुग्नुभएको थियो । उहाँहरुलाई कार्यक्रमस्थलमा एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका इञ्चार्ज महेश बस्नेत, संयोजक किरण पौडेललगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओली कोरोना संक्रमण भएपछि घरमै आइसोलेशनमा बस्नुभएको छ । आइसोलेशनमा रहँदा पुस्तक अध्ययन गरिरहनुभएका ओली आज संक्रमितहरुले मनोवल उच्च बनाउनु पर्छ भन्ने सन्देश दिन स्वास्थ्य सतर्कतासहित रक्तदानस्थल पुग्नुभएको हो । युवा संघका प्रचार बिभाग प्रमुख माहाराज गुरुङले रक्तदानस्थलमा आउर अध्यक्ष ओलीले सवैलाई धन्यवाद दिनुभएको र संक्रमणमा परेपनि उच्च मनोवलका साथ पराजीत गर्नुपर्ने बताउनु भएको छ ।