जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १०:०३

गगनको नाममा बाँडिएको प्यानलको सूची ‘फेक’ हुन्, भ्रममा नपर्नाेस : विश्वप्रकाश शर्मा


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका वरिष्ठ उपिभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा गगन थापाको प्यानल भन्दै वितरण गरिएका उम्मेदवारको सूची फेक भएको बताउनु भएको छ ।

सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिक रूपमा प्यानलगत सूची तयार पारिएर बाँडेपछि बरिष्ठ उपाध्यक्षमा निर्वाचित शर्माले यस्तो बताउनु भएको हो । उहाँले महाधिवेशन प्रतिनिधिहरूबीच बाँडिएको प्यानलगत सूची फेक रहेको भन्दै त्यसको खण्डन गर्नुभयो ।

शर्माले आफूहरूले प्यानलको सूची तयार गरी वितरण गरेको भन्ने कुरा गलत भएको पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार सभापतिका उम्मेदवार थापा र आफू दुवैका लागि सबै उम्मेदवार समान छन्।

‘हामीले बनाएको वा पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु। ती सबै फेक हुन्। सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ। हामीले प्यानल बनाउन आवश्यक छैन,’ शर्माले भन्नुभयो।

सभापतिका उम्मेदवार गगन थापाले पनि आफ्नो नाममा प्रचार गरिएका प्यानलगत सूची झुटो भएको बताइसक्नु भएको भन्दै भ्रममा नपर्न शर्माले आग्रह गर्नुभएको छ ।

शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्दा विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा उम्मेदवार छनोट नगर्न आग्रह गर्दै निर्वाचनमा जुनसुकै उम्मेदवार विजयी भए पनि सबैलाई समान रूपमा स्वीकार गर्नुपर्ने बताउनु भयो । छ।

‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ। महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्ष वा विपक्ष छुट्याएर दिनुहुन्न,’ शर्माले भन्नुभएको छ ।