जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १४:३६

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदानको समय साँझ ५ बजेसम्म थपियो


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।

निर्वाचन समितिका अनुसार अब साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ। यसअघि मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो।

मतदानका लागि तोकिएको समय थपिएसँगै मतदाताले साँझ ५ बजेसम्म मतदान गर्न पाउने भएका छन्।

मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।