काठमाडौं, माघ १३ । काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान–श्रीमतीको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा गएराति निस्सासिएर दम्पतीको मृत्यु भएको हो।५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्