दमक, माघ १३ । मुल्यबृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने सरकारको षड्यन्त्र बिरुद्ध एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटी र अनेरास्वबियु दमक नगर कमिटीले आज दमकमा विरोध प्रदर्शन गरेका छन् । दमकको गणतन्त्र चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध जनाएका हुन् ।
दमक एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलका विरुद्धमा विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य जमुना निरौला अधिकारीले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सुनिता कार्की, युवा संघका झापा जिल्लाअध्यक्ष सागर पोर्तेल, अनेरास्वबियु केन्द्रीय सदस्य दिपेश दाहाल र अनेरास्वबियु जिल्ला अध्यक्ष रोशन लामाले सरकारले महंगी नियन्त्रण र निर्वाचन मिति नतोके कडा प्रतिवादमा उत्रने चेतावनी दिनुभयो । कार्यक्रमको संचालन युवा संघ दमक नगर सचिव विवेक शर्मा भट्टराईले गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्