जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार १६:५१

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त


काठमाडौं, १४ माघ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्नुभएको जनाइएको छ ।