जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार १९:४५

महाकाली नदिमा भारतले निर्माण गरेको तटबन्ध रोक्न सरकारसँग माग


काठमाडौं, १४ माघ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं सुदुरपिश्चम प्रदेश सह–ईञ्चार्ज गणेश सिंह ठगुन्नाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज एक पत्र लेख्दै उहाँले परराष्ट्र मन्त्री मार्फत दार्चुला सदरमुकाम क्षेत्र भित्र महाकाली नदिमा भारतीय पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण भैरहेकोबारे उक्त कार्य अभिलम्ब रोक्न माग गर्नुभएको हो ।

उहाँले पत्रमा लेख्नुभएको छ,‘नेपाल सरकारले भारत सरकारसँग सार्थक पहल गरोस् भनि जोरदार माग गर्दै नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गर्नु भएको छ ।’ नेकपा एमाले दार्चुला ईञ्चार्ज एवं पूर्व मन्त्री ठगुन्नाले तटबन्ध निर्माण कार्य संचालन गरिरहदा नदीको प्रवाहमा असर पर्न गई भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको भन्दै तत्काल काम रोक्न आग्रह गर्नुभयो ।

माननीय मन्त्री ज्यू
परराष्ट्र मन्त्रालय, नेपाल सरकार
विषय : दार्चुला सदरमुकाम क्षेत्र भित्र महाकाली नदिमा भारतीय पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण भैरहेको बारे !

उपरोक्त सम्बन्धमा ०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएको कुरा सर्वविदितै छ । उक्त बाढी पछि नेपाल तर्फ नेपाल सरकारले र भारत तर्फ भारत सरकारले तटबन्ध निर्माण गरि बजार संरक्षण कार्य गरेको थियो । तर हाल आएर भारत सरकारले पुराना तटबन्ध निर्माण गरेको ठाँउभन्दा ७ देखि १० मिटर सम्म भित्र नदि क्षेत्रमा तटबन्ध निर्माण कार्य संचालन गरिरहदा नदीको प्रवाहमा असर पर्न गई भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको छ । सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्नेमा शो नगरि एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भईरहेकोले अभिलम्ब भारत सरकार मार्फत पहल गरि उक्त कार्य रोक लगाउन र दुई देशका प्रतिनिधि सम्मिलित टोलीको प्रतिवेदन अनुसार मात्र निर्माण कार्य अगाडी बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक पहलको लागि माग गर्दछु ।

गणेश सिंह ठगुन्ना
प्रतिनिधि सभा सदस्य, दार्चुला