जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार २२:२१

पाँच दलीय गठबन्धनको ‘जनविरोधी’ गतिविधिविरुद्ध युवा संघले गर्यो देशैभर प्रदर्शन


काठमाडौं, माघ १४ । पाँच दलीय गठबन्धनको ‘जनविरोधी’ गतिविधिविरुद्ध राष्ट्रिय युवा संघ नेपालले देशैभर विरोध प्रदर्शन गरेका छन् । सरकार स्थानीय तहको निर्वाचन घोषणा गर्न आनाकानी गरिरहेको भन्दै हिंसा भड्काउने मन्त्रीलाई सरकारमा सहभागी गराइरहेको विरोधमा युवा संघले विरोध प्रदर्शन गरेका हुने । युवा संघले विगत एक साताबाट नियमित विरोध प्रदर्शन गर्दै आएका छन् ।

पुत्ला दहन, विरोध प्रदर्शन लगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । आज रुपन्देही, बर्दिया, रसुवा, डोटी, कैलाली, चितवन, झापा, नुवाकोट, मकवानपुर, दैलेख लगायतका देशैभर युवा संघले ‘मापसे’ सरकारविरुद्ध प्रदर्शन गरेको युवा संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिनुभयो ।

प्रदर्शनकारीहरुले मापशे सरकार मुर्दावाद, मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर जस्ता नारा लगाएका थिए ।