जनता टाइम्स

१५ माघ २०७८, शनिबार ०९:५९

आज दिउँसो ३ बजे एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्ने


काठमाडौं, माघ १५ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ।भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

चितवनमा सम्पन्न एमालेले १०औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ ।

यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशनरसम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।