जनता टाइम्स

१५ माघ २०७८, शनिबार १५:५३

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान


काठमाडौं, माघ १५ । राष्ट्रिय युवा संघ नेपालको सप्ताह–व्यापी रक्तदान अभियान अन्तर्गत देशभर उत्साहजनक रुपमा रक्तदान कार्यक्रम संचालन भइरहेका छन् । अभियान अन्तर्गत बिहीबार पनि देशभर रक्तदान कार्यक्रम भइरहेको हो ।

कोभिड(१९ को नयाँ अति संक्रामक ओमिक्रोन भेरियन्ट संक्रमणका कारण उत्पन्न रगत अभावलाई लक्षित गरेर भइरहेको यो रक्तदान अभियान शनिवार छैठौँ दिन रक्तदान भइरहेको छ । काठमाडौँ उपत्यका लगायत देशभर भइरहेको रक्तदान कार्यक्रममा ४०० पाउन्ड रगत संकलन हुने अनुमान गरिएको छ । यसअघि तीन दिन भएको रक्तदान कार्यक्रममा ७ सय पाउन्ड रगत संकलन भएको थियो । राष्ट्रिय युवा संघ नेपालको सप्ताह(व्यापी रक्तदान अभियानले कोभिड महामारीमा भइरहेको रगत अभावलाई परिपूर्ति गर्नेछ । यससँगै संघले अन्य रचनात्मक कार्यक्रमको आयोजनासमेत गरिरहेको छ ।
शनिबार काठमाडौँ उपत्यकाका सिफल चौर, चाबहिल, नयाँ बानेश्वर, दरबार स्क्वायर, भक्तपुर, मंगलबजार, ललितपुर, मा संकलन भईरहेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट बुधबार देखि राष्ट्रिय युवा सङ्घ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरिएको थियो । सङ्घले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधबारदेखि अभियान सुरु गरेको हो ।