जनता टाइम्स

१५ माघ २०७८, शनिबार १६:२८

सरकार प्रतिगमनको बाटोमा अग्रसर भएको भन्दै अनेरास्ववियुले दियो पाँचदलिय गठबन्धनलाई चेतावनी


काठमाडौं, माघ १५ । नेकपा (एमाले)को जनवर्गिय संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलिय गठबन्धको सरकार प्रतिगमनको बाटोमा अग्रसर भएको दावी गरेको छ ।

सरकारले संविधान विपरित स्थानिय तहको निर्वाचन घोषण नगरेर प्रतिगमनको बाटोमा अग्रसर भएको दावी गरेको हो । आज अध्यक्ष सुनिता बरालद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ – जनादेश विपरित अदालतको परमादेशबाट गठित देउवा नेतृत्वको वर्तमान पाँच दलिय गठबन्धन सरकार संविधान विपरित स्थानिय तहको निर्वाचन घोषण नगरेर प्रतिगमनको बाटोमा अग्रसर भईरहेको छ ।

हाम्रो गौरवशाली संगठन अनेरास्ववियु देशको विधिको शासन, संविधानवाद र लोकतन्त्रको रक्षाको निम्ती सदैव लडदै आइरहेको संगठन हो । विज्ञप्तिमा स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हुने र संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि नहुने परिकल्पना नगरेको बताईएको छ । संविधानको धारा २१४ को उपधारा (४) ले गाउँपालिका र नगरपालिकाका कार्यकारिणी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुने स्पष्ट व्यवस्था गरेको जनाइएको छ ।

विभिन्न बहानाबाजीमा निर्वाचनबाट हारिने डर र अप्राकृतिक गठबन्धनलाइ कृतिम रुपमा लम्ब्याउन सकिन्छ की भन्ने अभिलाषा देखिएको र यस्ता कुर्कमको भण्डाफोर गर्दै अनेरास्ववियु आफ्ना सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संविधानको रक्षाको निम्ती आ–आफ्नो क्षेत्रमा स्थानिय तहको निर्वाचनको पक्षमा जनमत जुटाउने कार्यमा लाग्न समेत आग्रह गरेको छ ।


विज्ञप्तिमा भनिएको छ –अनेरास्ववियु तत्काल स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गराउन वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ । अन्यथा लाखौ विद्यार्थीहरुलाई लोकतन्त्र बचाउने लडाइमा पुन एकपटक सडकमा उतार्न हामी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्यम् परमादेश बाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ ।

No description available.