काठमाडौं, माघ १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले जेठमा चुनाव गर्ने निर्णय गर्नु जनमतको दबाबको तागत भएको बताउनु भएको छ ।
संबिधानअनुसार स्थानीय तहको निर्वाचन नगरी पर धकेल्ने र स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने सत्तारुढ दलहरुको षडयन्त्रप्रति कडा प्रतिवाद गर्दै आएको एमालेका महासचिव पोखरेलले सत्ता गठबन्धनले आज जेठभित्रै चुनाव गर्ने निर्णय गरेपछि जनमतको तागतले बाध्य बनाएको बताउनु भएको हो ।
सत्ता गठबन्धनले आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको केही बेरमै पोखरेलले यस्तो भन्नुभएको छ, ‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ-‘जेठ अगावै चुनाव गर्ने’ । हो, यसैलाई भनिन्छ जनमतको तागत ।’













प्रतिक्रिया दिनुहोस्