जनता टाइम्स

१६ माघ २०७८, आईतवार १८:४४

के तपाईलाई मोटरसाइकल चलाउँदा कुकुरले लखेट्छ ? त्यसो हो भने अब अपनाउनुस् यो टिप्स


काठमाडौं, माघ १६ । सडकमा सवारी साधन गुड्दा कुकुर भुकिरहेको देख्नु भएको होला । यो देख्दा सवारीसाधन र कुकुरबीच केही पुरानो वैमनस्यता छ कि जस्तो लाग्छ ।मोटरसाइकल चलाउने व्यक्तिलाई टोक्न कुकुरहरू प्रायः भुक्ने र दौडिरहेको देखिन्छ । तपाईंले पनि यस्ता किसिमका समस्या भोग्नु भएको हुन सक्छ ।

धेरै पटक कुकुरको भुकाइका कारण मोटरसाइकल चालक दुर्घटनाको शिकार पनि हुने गरेका छन् ।यस्तोमा प्रश्न आउँछ कि यसबाट बच्ने कुनै उपाय छैन ? हो, निस्सन्देह, कुकुरहरूको यो व्यवहारबाट बच्न एउटा तरिका छ ।

हामी तपाईंलाई एउटा सजिलो उपाय बताउँछौं, जसले तपाईंलाई कुकुरबाट बच्न मद्दत गर्न सक्छ ।यदि तपाईं यस्तो अवस्थामा हुनुभयो भने मोटरसाइकल तीव्र चलाउनु हुँदैन, किनकि तपाईं दुर्घटनाको शिकार हुन सक्नुहुन्छ । त्यसैले आरामसँग ड्राइभ गर्नुहोस् ।

यसबाहेक, यदि तपाईंले मोटरसाइकलको गति बढाउनुभयो भने कुकुरहरू झन् तपाईंको मोटरसाइकलको पछि दौडिन्छन् ।

तीव्र मोटरसाइकल कुदाउँदा कुकुरहरू बढी भुक्ने गर्छन् । यदि कुकुरहरू तपाईंको मोटरसाइकलको पछाडि दौडिरहेका छन् भने गतिलाई कम गर्नुहोस् वा रोक्नुहोस् । यस्तोमा कुकुर भुक्न बन्द हुन सक्छ । त्यसपछि बिस्तारै चलाएर जान सकिन्छ ।