जनता टाइम्स

१७ माघ २०७८, सोमबार १८:१५

चिकित्सा शास्त्र स्नातकको प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थपियो


काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थप गरेको छ । आयोगले आज एक सूचना जार्दै प्रवेश परीक्षाका लागि बैंक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जनाएको छ ।

यसअघि माघ २० गतेसम्मको म्याद तोकिएको थियो । कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालय बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरिएको जनाएको छ ।