उदयपुर, १७ माघ । मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका–१४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । अरुण ठाकुरलगायत आसपासका स्थानीयहलाई स्वास्थ्यमा पहुँच पुर्याउन एम्बुलेन्स प्रदान गरिएको सिमेन्ट प्रालिले जनाएको छ । प्रालिका सञ्चालक तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका नगर प्रमुख घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरी रहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका सञ्चालक राउतले बताउनुभयो ।
नगर प्रमुख राउतले एम्बुलेन्स चाबी बुझेर पुन वडाध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउनुभयो । नगर प्रमुख राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भए पनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । यो महत्त्वपूर्ण कार्यमा सहयोग पुर्याएकोमा नगर प्रमुख राउतले प्रालिलाई धन्यवादसमेत दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्