जनता टाइम्स

१८ माघ २०७८, मंगलवार १४:०३

अखिलको आन्दोलनमा जे देखियो (फोटो फिचर)


काठमाडौं, माघ १८ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणाको माग गर्दै आन्दोलनलाई देशब्यापी बनाएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सरकार स्थानीय तहको निर्वाचन नगरी जनप्रतिनिधिबीहिन बनाउने षडयन्त्र गरेको ठहरसहित आन्दोलनमा जाने निर्णय गरेपछि अखिलले आन्दोलनलाई देशब्यापी बनाएको हो ।

यही क्रममा सभामुख अग्निप्रसाद सापकोटालाई बनेपामा कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो । सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।

यसअघि आज बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।