जनता टाइम्स

१८ असार २०७६, बुधबार १७:५३

चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमण गर्न उत्सुक : बिदेशमन्त्री वाङ यीले दिए यस्तो जानकारी


काठमाडौं, असार १८

चिनियाँ राष्ट्रपति सि जिङपिङले नेपाल भ्रमणका बारेमा उच्च चासो व्यक्त गर्नुभएको छ । चिनको भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग त्यहाका विदेशीमन्त्री वाङ यीले सो कुरा बताउनु भएको हो ।

ग्रेट हल अफ द पिपुल्समा भएको द्धिपक्षिय भेटमा वाङले निरन्तर सम्पर्कमा रहेर मिति तय गर्ने जानकारी गराउनु भएको छ । नेपाल भ्रमणका सम्बन्धमा चिनियाँ राष्ट्रपतिले उच्च चासो देखाएको पनि मन्त्री वाले जानकारी गराउनु भएको थियो । दुवै नेताबीच नेपाल चीन मित्रतालाई आगामी दिनमा अझै उच्चस्तरमा विकास गर्नेबारेमा पनि कुराकानी भयो । साथै चिनियाँ पक्षबाट हुने उच्चस्तरीय राजनीतिक भ्रमण, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना, यसअघि भएका सम्झौताहरूको प्रगति लगायतका विषयमा पनि समीक्षा भएको थियो ।

उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तस्थित तालियानमा भएको विश्व आर्थिक मञ्चको तीन दिवसीय सम्मेलनमा भाग लिएपछि मन्त्री ज्ञवाली बुधबार बिहान बेइजिङ पुग्नु भएको थियो ।