जनता टाइम्स

१९ माघ २०७८, बुधबार ०८:२०

एमाले सचिवालयको बैठक आज बस्दै, यस्तो छ एजेण्डा


काठमाडौं, माघ १९ । नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ । एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठन सञ्चालन निर्देशिका तयार पारी पार्टीलाई बुझाइसकेको छ ।