जनता टाइम्स

१९ माघ २०७८, बुधबार १०:३८

एमाले सचिवालय बैठक बस्दै


काठमाडौं, १९ माघ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आज दिउँसो १ बजे बस्ने बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा हुनेछ ।