जनता टाइम्स

१९ माघ २०७८, बुधबार १६:४२

एमाले अध्यक्ष ओलीको निश्कर्ष : पाँच दलीय गठबन्धनले देशलाई ओरालोतर्फको यात्रामा धकेल्यो


काठमाडौं, माघ १९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको तथ्य राख्नुभएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताउनु भएको हो ।

‘पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो लगाएको छ । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ,’ बैठकमा अध्यक्ष ओलीको भनाई थियो । उहाँले बर्तमान सरकारले मुलुकको सवै क्षेत्रलाई अस्थिरतातर्फ धकेलेको र आर्थिक अवस्था पनि डावाडोल पारेको बताउनु भयो ।

जनताप्रति गठबन्धन सरकार अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिकसमेत डामाडोल बनाएको ओलीको भनाई थियो ।