जनता टाइम्स

१९ माघ २०७८, बुधबार १८:२३

एमाले केन्द्रीय प्रचार बिभागमा मनोनीत भए यी ९ सदस्य


काठमाडौं, माघ १९ । नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागमा ९ सदस्य मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार बिभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।

एमाले केन्द्रीय प्रचार बिभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल हुनुहुन्छ । आजको बैठकले ९ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, चेतन अधिकारी, महेश दास र रोशन खडका हुनुहुन्छ ।

आज मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका बर्तमान तथा पूर्वपदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका नेता हुनुहुन्छ ।