जनता टाइम्स

२० माघ २०७८, बिहीबार १८:२५

पर्यटनमन्त्री आलेको असुली धन्दामा पूर्वमन्त्री योगेशको निर्णय बाधक बनेपछि


काठमाडौं, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले आफ्नो कमाउ धन्दामा तात्कालिन मन्त्री योगेश भट्टराईले गरेको एउटा निर्णय बाधक बनेपछि नारायणहिटी संग्राहलयको नाममा फेक समाचार प्रशारण गराउनु भएको तथ्य खुलेको छ ।

नेकपा एकीकृत समाजवादीका बागमति प्रदेश सांसद लक्ष्मण लम्सालको लगानी रहेको प्राणनाथ क्याफेले पशुपति क्षेत्र बिकाश कोषलाई तिर्नुपर्ने रकम मिनाह गर्न नमिल्ने निर्णय तात्कालिन पर्यटनमन्त्री भट्टराईले गरि दिएको कारण मन्त्री आलेले आधा दर्जन पत्रकारलाई प्रयोग गरेर उहाँबिरुद्ध फेक समाचार बनाउन लगाएको पाइएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता लम्सालसहितका ब्यक्तिहरुले सञ्चालन गरेको प्राणनाथ क्याफेले कोषलाई अहिलेसम्म १ करोड भन्दा बढी भाडा बापतको रकम तिर्न बाँकी रहेको छ । सो रकम मिनाह गर्न सम्पुर्ण प्रक्रिया पूरा गरेपछि मन्त्री आलेले मिनाह गर्न निमल्ने गरी तात्कालिन मन्त्री भट्टराईले गर्नुभएको निर्णय देखेपछि मन्त्री आले मर्माहत बन्नुभएको हो ।

योगेश भट्टराई मन्त्री भएकै बेला सांसद लम्सालले मिनाहको फाइल लिएर आउनु भएको थियो, तर उहाँले कोषको रकम मिनाह गर्न नमिल्ने गरी निर्णय गरिदिनु भएछ,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘अहिलेका मन्त्रीले माधव नेपालको दवावमा मिनाह गराउने सवै काम गरे पनि पुरानो त्यो निर्णयका कारण संभव भएन, तर पनि मिनाह गराउने कोशिष भने जारी नै छ ।’

जनताटाइम्स डटकमले यसअघि नै प्राणनाथ क्याफेले गत कात्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडाबापतको रकम बुझाउन बाँकी रहेको प्रमाणसहित समाचार प्रकाशन गरेको थियो । तीन महिना थप हुँदा यो रकम अझै थपिएको छ । तर पर्यटनमन्त्री आले भने ब्यवसाय गरेर कमाउने आफ्नो पार्टीका सांसदलाई छुट गराउने र पशुपति क्षेत्र बिकाश कोषलाई टाट पल्टाउने योजनामा लाग्नुभएको छ ।

पशुपति क्षेत्र बिकाश कोससँग सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका ब्यक्तिहरुले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको संझौता गर्नुभएको थियो । पशुपति क्षेत्र बिकाश कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरुका लागि प्रवेश टिकट बिक्रि काउण्टरसहित सेवा सुविधा पुर्याउने उदेश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधासहितको सुद्ध साकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनका लागि लम्सालसहितका सञ्चालकले संझौता गर्नुभएको थियो । सो संझौताअनुसार कोषलाई मासिक ७१ हजार ५ सय रुपैयाँको दरले भाडा बुझाउने पर्नेमा लम्सालसहितका नेताहरुले कोषलाई भाडा नतिरी अटेर गरेका हुन । संझौंतामा ३० बुँदे सर्त राखिएको छ । जस्को २२औं बुँदामा भाडा सम्बन्धी ब्यवस्था रहेको छ ।

‘दोस्रो पक्ष (प्राणनाथ क्याफे सञ्चालक) ले भवनमा चिया कफीको सुविधासहितको सुद्ध साकाहारी चमेना गृह (भेजिटेरियन क्याफे) एवं सोभिनियर पसल (पर्यटन सेवा केन्द्र) तिलगंगाको भवनमा सञ्चालन गरेबापति पहिलो पक्ष (कोष) लाई मासिक रु ७१,५०० (एकहत्तर हजार पाँच सय रुपैया मात्र) प्रत्येक महिनाको ७ गतेभित्र बुझाउनु पर्नेछ । मासिक भाडा रकम कोषको आर्थिक प्रशासन महाशाखामा बुझाउनु पर्नैछ । १० प्रतिशत बिलम्ब शुल्कसहित सोही महिनाको मसान्तभित्र शुल्क बुझाउन सकिने छ । प्रत्येक बर्ष संझौताको भाडादरमा १० प्रतिशत का दरले बृद्धि गरिने छ । यसरी बृद्धि भएको भाडादर समेत समावेश हुने गरी तोकिएको समयभित्र भाडा बुझाउनु पर्नेछ । भाडा बुझाउन नसकेमा संझौता रद्ध गरी धरौटी जफत गरिने छ । साथै सो स्थानबाट सञ्चालकले चल–अचल सामान निकाल्न नपाउने गरी भएको क्षतीको क्षतीपूर्ति सञ्चालकबाट असुल उपर गरिने छ,’ संझौताको २२ औं बुँदामा भनिएको छ ।

पढनोस यो समाचार

यसैगरी २३औं बुँदामा प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने सम्पुर्ण कर (सेवा शुल्क, मूल्य अभिबृद्धि कर, तथा आयकर सञ्चालक स्वयंले बेहोर्नुपर्ने उल्लेख छ । जनताटाइम्स डटकमले यो तथ्य सार्वजनिक गरेपछि सांसद लम्सालले आफ्नो हस्ताक्षर देखाउन भन्दै फेसबुकमा प्रष्टिकरण दिनुभएको थियो । तर उहाँ आफैले प्राणनाथ क्याफे आफ्नो भएको भन्दै दर्जनौं नेता र कार्यकर्तालाई बोलाएर देखाउनु भएको तथ्य भने बिर्सनुभएको देखिएको छ ।