जनता टाइम्स

२० माघ २०७८, बिहीबार १९:०७

मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज


काठमाडौं, २० माघ । मैत्रीपूर्ण खेलका लागि नेपाल आएको अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो । नेपाल–मौरिसस बिजनेस काउन्सिलले मौरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो ।

कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए । महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको भन्दै यस कार्यले नेपाल–मौरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताउनुभयो ।

उहाँले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताउनुभयो । आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रको विकास गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।